प्रथम प्रकाशित मितिः २०७७÷३ ÷१४ गते आइतवार

दलेप्रोसी मिसन नेपाल कुष्ठप्रभावित तथा अपांग भएका व्यक्तिहरुको उपचार तथा सामाजिक पुनःस्थापनामा विगत६० वर्षदेखि सेवारत एक गैरसरकारी संस्था हो।यसद्वारा ११० शैयाको आनन्दवन अस्पताल, अन्तराष्ट्रियस्तरको अनुसन्धान प्रयोगशाला, समुदायमा आधारित पुर्नस्थापना तथा जीविकोपार्जन लगायतका विभिन्न परियोजनाहरु संचालित छन्।

यस संस्थाकोे लागि आ.व. २०७७÷७८का लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवा प्रदायक फर्म तथा संघ–सस्थाहरुले सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र(२०७७-३-२८गते आइतवार ४ बजे भित्र) बोलपत्रमा उल्लेखित सर्त बमोजिम बोलपत्र पेश गर्नहुन  सुचित गरिन्छ ।

तपशिल

१) औषधी,

२) सर्जिकल्स सामग्री

३) प्याथोलोजी रिएजेन्टहरु

४) सल्यक्रिया सम्वन्धि सामग्री

५) प्लम्विङ सामग्री

६) विजुली सम्वन्धि सामग्री

७) स्टेसनरी सामग्री

८) खाद्यान्न, बेकरी, लगायतका किराना सामग्री

९) सरसफाई (क्लिनिङ एण्ड स्यानिटेसन) सामग्री

१०) प्लास्टीक जन्य सामग्री

११) कारपेन्ट्री सामग्री

१२) हार्डवेयर तथा भान्सामा प्रयोगहुने सामग्री

१३) जुत्ता, छाला र अन्य जुत्ता बनाउने सामग्री

१४) रङ र यस सँग सम्वन्धित सामग्री

साथै तपशिलमा उल्लेखित सामग्री तथा सेवा प्रदानको लागि सम्वन्धित संघ संस्थाहरुलाई उल्लेखित सर्त बमोजिम बन्द सुचि दर्ता गर्न समेत सुचित गरिन्छ ।

सूची दर्ता गर्नुपर्ने कार्यको विवरण

१) तरकारी तथा फलफुलविक्री

२) माछा, मासु र अण्डा विक्री

३) दुध, दहि, घ्यु, पनिर लगायतका दुग्धजन्य पदार्थ विक्री

४) हवाई यात्रा सेवा दिने कम्पनी

५) विज्ञापन छपाई तथा प्रसारण सेवा

६) अस्पताल प्रयोजनको कपडा लगायतका सामग्री आपुर्ति गर्ने

७) छपाई सम्वन्धि सेवा

८) गाडी तथा मोटरसाइकल पार्टपुर्जा विक्री तथा मर्मत

९)डिजेल, पेट्रोल र ग्याँस लगायतका इन्धन विक्री

१०) एक्स–रे संग सम्वन्धित सामग्री विक्री तथा मेसिन मर्मत

११) ए.सि. इन्भटर, वासिङ मेसिन लगायतका मेसिन मर्मत

१२) बायो मेडिकल मेसिन मर्मत

१३) युरोगार्ड विक्री तथा मर्मत

१४) जेनेरेटर मर्मत

१५) अक्सिजन ग्याँस नाइट्रोजन लगायतका ग्याँसहरु

१६) विद्युतिय सामग्री विक्री

१७) फायर फाइटिङ, सिसिटिभि लगायतका सुरक्षा सामग्री विक्र तथा मर्मत

१८) दक्ष तथा अर्ध दक्ष कामदार सप्लाई

१९) कम्प्युटर तथा एसेसिरिज

बोलपत्र तथा बन्दसूची मितिः २०७७÷३÷२९ गते राष्ट्रिय कार्यालयमा खोलिने छ ।

राष्ट्रिय कार्यालय

ललितपुर १४, ताल्चिखेल

फोनः ०१–५१५१९२१

आनन्दवन अस्पताल

गोदावरी ६ ललितपुर

०१–६२१८३९८

९८५१२३६२३१

टेन्डर फारम तथा बन्द सुचि दर्ताको फारम राष्ट्रिय कार्यालय र आनन्दवन अस्पतालको कार्यालयमा उपलब्ध छ । त्यसैगरि procurement@tlmnepal.org मार्फत र www.tlmnepal.org/download बाट डाउनलोड गर्नसमेत सकिनेछ ।

 

खरिद शाखा

द लेप्रोसि मिसन नेपाल

आनन्दवन अस्पताल